खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक

खेलकुद

काठमाडौं, २६ असोज । मोरङ क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।
 
लेटाङ-६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो। 
 
सात छोरा र पाँच छोरी रहेकी हंसनुमा कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी थिइन्। उनको पार्थिव शरीर धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *