क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय

खेलकुद

काठमाडाै– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपलाई ८ वर्ष कैद सजाय तोकिएको छ । जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय तोकेको हो।

पुस १३ गते लामिछानेलाई जिल्ला अदालत काठमाडौंले उनलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो। अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो। सोही बमोजिम अदालतले उनलाई ८ वर्ष कैद सजाय तोकेको हो।

१६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई कसुरदार ठहर गरेको हो ।

पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको हो । उनलाई न्यूनतम सात वर्ष र बढीमा १० वर्ष कैद सजाय हुनेछ । अदालतले  सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *