क्रिकेटर लामिछानेको मुद्दामा आज पनि सुनवाइ, सम्भवतः आजै फैसाला हुन सक्ने

खेलकुद हेडलाइन

काठमाडौं, १३ पुस ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ ।
 
काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवा बहस नटुङ्गिए पछि आजसम्मका ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ ।

हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन । शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन् । 
 
गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *