कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगियो

प्रदेश-पालिका हेडलाइन

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ ।

आज बसेको गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो । भागबण्डाअनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ मन्त्रालय, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई एक/एक मन्त्रालय दिने सहमति भएको हो ।

सरकारमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्।

अब तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *