काठमाडौं। कांग्रेसभित्र विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीको सरकार विस्तारमा ढिलाइ भएको छ।
यसले मुख्यमन्त्री कार्कीलाई अप्ठ्यारोमा पारेपछि नेपालको संविधानको धारा १६८ को ५ बमोजिम बनेको कोशी प्रदेश सरकारको राजनीतिक संकट अझै उस्तै छ ।
मुख्यमन्त्री कार्की आफूलाई विश्वासको मत दिने सबै दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहन्छन् । उनलाई राष्ट्रिय प्राजतन्त्र पार्टी (राप्रपा) बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

