कोशी कांग्रेसद्वारा कार्यसम्पादन समितिको आह्वान

प्रदेश-पालिका हेडलाइन

काठमाडौं, २६ असोज । कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछि नेपाली कांग्रेसले  प्रदेश कार्यसम्पादन समिति बैठक बोलाएको छ।
विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने गरि बैठक आह्वान गरिएको हो। बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने बताइएको छ।
विहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि कांग्रेस कोशीका ८ जना सासदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए।
आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन।
सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *