केही व्यक्ति मरेको राजतन्त्र फर्काउँछु भनेर लागेका छन्ः ओली

राजनीति हेडलाइन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिएका छन। उनले चेतना नभएका मुर्खहरु राजतन्त्र फर्काउँछौं भनेर लागेको टिप्पणी गरेका छन। शुक्रबार काठमाडौंमा आयोजित युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन।

अध्यक्ष ओलीले भने, ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’

उनले नागरिक सर्वाेच्चता स्वीकार गर्न नसकेको भन्दै प्रसाईं समर्थकहरुको आलोचना समेत गरे। साथै उनले युवा संघको आन्दोलनको प्रशंसा समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *