कुखुरा विकास केन्द्र खजुराबाट लोकल कुखुराको उत्पादन र विक्रि बितरण सुरु

प्रदेश-पालिका

बाँके, १३ पुस । प्रदेश सरकारको एकमात्र कुखुरा विकास केन्द्र बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल कुखुराको उत्पादनसंगै बजारिकरण सुरु गरेको छ । 
 
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो फर्मबाट लोकल प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसंधान र कृषकलाई प्राविधिक सेवा दिदै आएको भएपनि यो संघियता लागू भएसंगै २०७८ देखि लुम्बिनी प्रदेशको कुखुरा विकास स्रोत केन्द्रको रुपमा सञ्चालित छ । 
 
कुखुरा विकास फर्म खजुराले लोकल कुखुरा उत्पादनसंगै बजारिकरण सुरु गरेपछि लोकल कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु जस्तै कालिज, बट्टाई, टर्कीलगायतको अनुसंधान गरी व्यवसायिक रुपमा पाल्न सक्ने भए किसानलाई सिफारिस गर्ने प्राविधिक सेवा दिदै आएको र्फमका प्रबन्धक डा. सुमन खनालले जानकारी दिए ।
                                                                      
फर्म प्रबन्धक डा. खनालले फर्ममा लोकल, घाँटीखुईले, साकिने, शुद्धकालो, प्वाख उल्टे प्रजातिका कुखुरा र ग्रामिण प्रजातिका ब्याकस्टालोक र न्यू हेम्पसार प्रजातिका कुखुराको एकदिने चल्ला उत्पादन संरक्षण र बजारिकरण गर्दै आएको बताए ।
 
 उनले फर्मले चालु आर्थिक वर्षको पहिलो लटको चल्ला मंसिर ४ गतेदेखि उत्पादन समेत सुरु भएको र हरेक साताको सोमबार चल्ला निकाल्ने गरेको जानकारी दिए । कुखुरा विकास फर्म खजुरा मै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत बिक्रि बितरणको व्यवस्था मिलाइएको छ । 
 
कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यवसायिक उत्पादन तथा संरक्षणमा समेत ठूलो योगदान पुराईएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *