काठमाडौं, ९ साउन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा दुर्घटनाको कारण र उद्धार कार्यको समीक्षा गरिनुका साथै छानबिन समिति गठन लगायतका विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई अस्पताल पुर्याइएको छ।

