काठमाडौं महानगरपालिकाले  सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गर्यो

प्रदेश-पालिका स्वास्थ्य हेडलाइन

काठमाडौं- काठमाडौं महानगरपालिकाले  सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ। 

आजबाट सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएको महानगरले   अनुगमनका क्रममा भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीले जनाएको छ। बिहीबार अनामनगर, घट्टेकुलो लगाएतका क्षेत्रबाट सुर्तीजन्य पदार्थ जफत गरिएको हो।

जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थमा रोक लगाइएको महानगरले जनाएको छ। 

काठमाडौं महानगरपालिकाले बुधबार  पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनि, गुट्टखा, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *