काठमाडौं फेरि विश्वकै दोस्रो प्रदूषित शहर : हावाको गुणस्तर खतरनाक

प्रदेश-पालिका स्वास्थ्य हेडलाइन

ईप्रेस मिडिया, चैत्र १६, २०८१

काठमाडौं उपत्यका लगातार विश्वकै प्रदूषित शहरहरूको सूचीमा दोस्रो स्थानमा कायम रहेको छ। हिउँदयाममा वर्षा नहुँदा वायु प्रदूषणको स्तर खतरनाक रूपमा बढेको छ। विश्वभर हावाको गुणस्तर निगरानी गर्ने संस्था आईक्यू एअर इन्डेक्सका अनुसार आज बिहान ११ बजे काठमाडौंको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) १७३ पुगेको छ। यो सूचीमा थाइल्याण्डको चियाङ माई पहिलो स्थानमा छ।

आईक्यू एअरका अनुसार एक्यूआई १५० भन्दा माथि पुग्दा हावा मानव स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ। काठमाडौंको यो स्तरले यहाँको वायु गुणस्तर गम्भीर चिन्ताको विषय बनेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रदूषित हावाले दम, श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग र क्यान्सरजस्ता घातक रोगहरूको जोखिम बढाउने चेतावनी दिएको छ।

विज्ञहरूले हिउँदमा पानी नपर्नु र प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्नु नै यो अवस्थाको मुख्य कारण रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *