काठमाडौँ महानगरले चाडपर्वमा अचाक्ली मूल्यवृद्धिविरुद्ध कडा कदम चाल्ने

प्रदेश-पालिका

काठमाडौँ – चाडपर्वको अवसरमा काठमाडौँ महानगरपालिकाले उपभोक्ताहरूको हितलाई ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनियन्त्रित रूपमा बढाउने व्यवसायीहरूलाई कारबाहीको चेतावनी दिएको छ।

महानगरले खुद्रा तथा थोक व्यापारीहरूलाई अधिकतम मूल्यभन्दा बढी मूल्यमा समान बिक्री नगर्न कडा निर्देशन दिएको छ। पसलहरूमा स्पष्ट मूल्य सूची सार्वजनिक नगर्ने वा म्याद गुज्रिएका सामान बेच्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।

महानगरले खाद्य तथा पेय पदार्थको गुणस्तर र शुद्धतामा विशेष ध्यान दिन उपभोक्ताहरूलाई आग्रह गर्दै समस्याका लागि ११८० नम्बरमा उजुरी दिनसक्ने व्यवस्था गरेको छ।

महानगरपालिकाले यो कदम चाडपर्वको समयमा उपभोक्तालाई ठगिने घटनामा नियन्त्रण गर्न लिएको हो। उपभोक्ता अधिकारको संरक्षण गर्दै महानगरले सबैलाई चाडपर्वमा सुपथ मूल्यमा, गुणस्तरीय सामान उपलब्ध गराउनका लागि दबाब दिँदै बजार अनुगमनलाई सशक्त बनाउने जनाएको छ।

ePress Media, असोज ९, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *