काठमाडौँको हनुमानढोका दरबारका लागि गोरखाबाट फूलपाती पठाइयो

कला हेडलाइन

गोरखा राजा पृथ्वीनारायण शाहको पालादेखिको परम्पराअनुसार गोरखा दरबारको दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारमा फूलले सजाइएको औपचारिक डोली पठाइदै आउने गरिएको छ । आज बिहान ८ बजे शुभ साईतमा दरबारका सुसारेले फूलले सजाएको डोली हनुमानढोकाको दरबारमा पठाएका हुन ।

गोरखा दरबारको प्रतिनिधित्व गर्दै शारदाप्रसाद भट्टराईले डोलीको यात्राको विवरण दिएका थिए । फूलले भरिएको डोलीलाई बा२ झ २१२८ नम्बरको सरकारी गाडीमा हनुमानढोका दरबारसम्म पुर्‍याइनेछ र साँझ हनुमानढोकामा गोरखाबाट आएको फूलपातीको हर्षोल्लासका साथ भित्र्याईने छ ।

गोरखा दरबारको दशैंघरमा पनि आज साँझै फूलपाती पभित्र्याईने छ । गोरखा राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट शासन सुरु गरेदेखि ऐतिहासिक परम्परा जारी छ। प्रत्येक वर्ष बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीले सजिएको डोली काठमाडौंको हनुमानढोका दरबारमा ल्याईने गरिन्छ ।

दरबारको दशैंघरमा विभिन्न सामाग्रीसहितको र्‍याली निकाली गोरखाबाट फूलपातीलाई हार्दिक विदाई गरिएको थियो ।

गोरखा नगरपालिकाका उपप्रमुख मासलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वले फूलपातीको विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *