कांग्रेस लेखा समितिले पायो पूर्णता,देउवाद्वारा चार जना मनोनित

राजनीति हेडलाइन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस लेखा समितिमा चार जनालाई मनोनित गरेका छन्। सोमबार देउवाले केन्द्रीय लेखा समितिमा चार जना लेखा सदस्यहरु थप गरेका हुन।

सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा गठित “केन्द्रीय लेखा समिति” को सदस्यमा पार्टीको विधानको धारा ३८(१) तथा गत श्रावण २, २०७९ को केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दिलिप ढुंगाना (धनुषा), डा डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

यो सँगै कांग्रेसको लेखा समितिले पूर्णता पाएको छ। कांग्रेसका अन्य भातृ तथा शुभेच्छुक संस्थाले भने अझै पूर्णता पाउन सकिरहेका छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *