कमल थापा: ‘मुलुकले वर्तमान संघीयता धान्न नसक्ने, खारेज गर्नुपर्छ’

राजनीति हेडलाइन

काठमाडौं, साउन १५ गते – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संघीयता मुलुकले धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन्। पार्टीको काठमाडौं ६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले दुई तहको सरकार पर्याप्त हुने ठाउँमा वर्तमान संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे।

थापाले साम्यबाद, समाजबाद, र पुँजिवादको विकल्प जरुरी रहेको औंल्याउँदै नयाँ बैचारिक दर्शनको आवश्यकता भएको बताए। उनले सम्बर्द्धनबादलाई अबको मार्गचित्र बनाउनुपर्नेमा जोड दिए। कांग्रेस, एमाले, माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै उनले जनताको बीचमा जान ढिलाई गर्न नहुने र सशक्त राप्रपा नेपाल आजको आवश्यकता भएको बताए।

अध्यक्ष थापाले विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने बताउँदै सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिनसक्ने दाबी गरे। उनले वर्तमान राजनीतिक प्रणालीले देशलाई समस्यामा पुर्याएकोले नयाँ र प्रभावकारी व्यवस्थाको खोजी गर्नुपर्नेमा जोड दिए।

उनको भनाइले राप्रपा नेपाललाई एक सशक्त विकल्पको रुपमा स्थापित गर्ने उद्देश्य स्पष्ट भएको देखिन्छ। थापाले पार्टीका कार्यकर्तालाई नयाँ बैचारिक दर्शनको प्रचारप्रसार गर्न र जनताको बीचमा जाने प्रयास गर्न प्रेरित गरे।

यसअघि पनि थापाले संघीयताको विषयमा विभिन्न समयमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए। अहिलेको यो भनाइले संघीयता खारेजको बहसलाई थप तिव्रता दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *