कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

अपराध हेडलाइन

काठमाडौं, ८ मंसिर । कपिलवस्तुको यशोधरा गाउँपालिका–३, बहडिलवामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ। 
बिहीबार लु ४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेमकुमार कुर्मीको छोरा दुई वर्षीय रुपेशको मृत्यु भएको प्रहरीले जनाएको छ। 
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। 
ठक्कर दिने ट्याक्टर चालक फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *