एसिसी यू–१९ प्रिमियर कपमा नेपालले पहिलो खेल इरानसँग खेल्दैछ । नेपाल र इरानबीचको खेल आज बिहान ७ः१५ बजेदेखि मलेसियाको बांगीमा सुरु हुनेछ ।
नेपाल प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि उचाल्ने नेपालको लक्ष्य छ । नेपाललाई ७ वर्षपछि विश्वकपमा छनोट गराउन सफल भएकाले अहिलेको टिममाथि समर्थकको पूरा विश्वास छ ।
प्रिमियर र एसिया कप नेपाली टिमका लागि विश्वकपको राम्रो तयारी हुनेछ । सिनियर टिमले पनि प्रिमियर कप जितेर एसिया कप खेलेका कारण यू–१९ टिममा पनि आत्मविश्वास बढेको छ । प्रिमियर कपमा नेपालले सेमिफाइनल र फाइनलमा यूएई, हङकङ, मलेसिया र कुवेतलाई प्रतिद्वन्द्वी पाउने सम्भावना छ ।
त्यसअघि समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा इरानका साथै बहराइन र साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।

फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टिम एसिया कप खेल्नेछन् । यसरी हेर्दा नेपालको एसिया कप यात्रा त्यति गाह्रो देखिँदैन ।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने यू–१९ एसिया कपमा सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकप अघि एसिया कप हुन लागेको हो ।