एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

खेलकुद हेडलाइन

काठमाडौं, १७ असोज । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । 

चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो । 

आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । 


एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *