काठमाडौं – नेकपा एमालेले नेपाली कांग्रेससँगको सत्ता साझेदारी सहमतिपछि प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल भएको थियो। सोमबार मध्यराति दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। यो सहमतिले वर्तमान सत्ता गठबन्धन टुट्ने र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने देखिएको छ।

