एमालेको गण्डकी प्रदेश अधिवेसनका लागि ९०७ जना प्रतिनिधि

प्रदेश-पालिका हेडलाइन

पोखरा, १५ असोज । नेकपा एमालेको गण्डकी प्रदेशका लागि ९०७ जना प्रतिनिधि पाेखरा आई पुगेका छन । 

एमाले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन आजदेखि पाेखरामा शुरु हुँदैछ । 

सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन । अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालकाे तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदै छु ।’


पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *