एनसेलको सेयर बिक्री स्वभाविक छैनः प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र हेडलाइन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर विक्री स्वभाविक नभएको बताएका छन्। मंगलबार संघीय संसद प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन।

प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा सरकारकोतर्फबाट के कस्तो कारवाही भईरहेको छ सो सम्बन्धमा समितिलाई जानकारी दिएका थिए। सरकारले उक्त प्रकरणबारे छानविन समिति समेत बनाएको थियो।

साथै एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *