एनएसएल दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच भिडन्त

खेलकुद हेडलाइन

काठमाडौं, १२ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुदैँछ ।
 
दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुदैँछ । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदैँछ ।

पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भए पछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३(० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।
 
यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *