एक महिना पछि सुदुरपश्चिम प्रदेशसभा बैठक बस्दैँ

प्रदेश-पालिका

धनगढी, १६ असोज । आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ ।

एक महिना देखी अनिश्चित हुदैँ आएको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। सो बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।


सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो।

प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘असोज १६ गते मंगलबार दिनको १ः ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’ 


आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *