उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइसीयूबाट जनरल वार्डमा सारियो

राजनीति हेडलाइन

काठमाडौं– चीन भ्रमणमा रहेका बेला बुधबार राती अकस्मात हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ युनियन अस्पतालमा उपचार गराइरहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइसीयूबाट जनरल वार्डमा सारिएको छ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई आज बिहान आइसियूबाट जनरल वार्डमा सारिएको गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताएका हुन्। उनले भने, ‘भिडिओ कुराकानीमा उहाँ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनुभएको छ।’

श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फाक्र्सन भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ।
बुधबार राती हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।

गृहमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण स्टेनोसिस देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  स्टेन्ट राखिएको राखिएको थियो। नारायणकाजी तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन (बीआरएफ)मा सहभागी हुन बेइजिङ पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *