ईः अभियानप्रति नैनसिंह महरको ऐक्यबद्धता

प्रदेश-पालिका हेडलाइन

काठमाडौं, ९ असोज । कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्। 

१९९ घन्टा लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन्।

अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजी–रोटीका लागि व्यापार गरिरहेका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए। 

उनले आफूआबद्ध पार्टी कांग्रेसले पनि गम्भीरतापूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए।

ईःलाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता–कार्यकर्तादेखि अभियानकर्मीहरू राष्ट्रिय सभागृह पुग्ने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *