लन्डन— मध्यपूर्वमा जारी तनावका कारण इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीको सन्दर्भमा लडाइँ फैलिन सक्ने डरले सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ।
ग्रिनविच मिनटाइम (जीएमटी) १५२५ (पेरिसमा साँझ ५ः२५) तिर ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो। यसैगरी, अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) दुई दशमलव ८५ प्रतिशतले बढेर प्रतिब्यारेल ७६ दशमलव ५१ डलर पुगेको छ।
मध्यपूर्वको राजनीतिक अस्थिरता र इजरायल–पललेस्टाइन तनावका कारण तेल बजारमा प्रभाव देखिएको हो। विश्लेषकहरूले यस्तो तनावको असरले विश्वव्यापी तेल आपूर्तिमा अवरोध निम्त्याउन सक्ने सम्भावना व्यक्त गरेका छन्।
ePress Media, २२ असोज, २०८१

