आलु, सिमी, फर्सी, पिंडालू र लप्सी प्रतिकेजी ५५,  किवि, शरीफा र अभोकाडो २५० रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूललाई कति ?

अर्थतन्त्र

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडाको औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ५५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३७ रुपैयाँ ६७ पैसा, रातो आलु, टाटे सिमी, हरियो डल्लो फर्सी, पिंडालू र लप्सी प्रतिकेजी ५५ रुपैयाँ, सेतो आलु, लोकल बन्दा, लौका, परवर, झिगुनी र पाकेको फर्सी ४५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ७२ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, स्थानीय काउली, घिरौला, बरेला र हरियो प्याज ८५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, तने बोडी, तितो करेला, सिमी, सखरखण्ड, रायोको साग, लोकल काक्रो, अमला र नेपाली मेवा प्रतिकेजी ६५ रुपैयाँ, मकै बोडी, भटमासकोशा, सलगम, न्यूरो, गान्टे मूला र हरियो खुर्सानी ७५ रुपैयाँ, राजमा घिउ सिमी १६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो ३५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, स्कूस १२ रुपैयाँ ३३ पैसा, कन्य च्याउ ८६ रुपैयाँ ६७ पैसा, डल्लो च्याउ २७६ रुपैयाँ ६७ पैसा, कुरीलो ४७५ रुपैयाँ, सजिवन २३५ रुपैयाँ, झोले स्याउ २६५ रुपैयाँ, फूजी स्याउ ३१५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि, शरीफा र अभोकाडो २५० रुपैयाँ पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *