आज सडकको अवस्था बुझेर मात्रै निश्कन ट्राफिक प्रहरीको अनुरोध

प्रदेश-पालिका हेडलाइन

काठमाडौं। ट्राफिक प्रहरीले भोली (विहिबार) काठमाडौं उपत्याकामा विभिन्न समूहहरुले र्याली जुलुशको आयोजना गरेकाले उपत्याको सवारी आगमन प्रभावित हुने जनाएको छ।

उपत्याका ट्राफिक कार्यालयले एक सुचना जारी गर्दै अत्यावश्यक काममा मात्रै सवारी साधन चलाउन अनुरोध गरेको छ। साथै सडकमा निश्कनु पूर्व सडकको अवस्थाको बारेमा जानकारी लिन निशुल्क फोन नम्बर १०० र १०३ मा फोन गरि जानकारी लिएर मात्रै निश्कन अनुरोध गरेको छ।

यात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि जुनसुकै ठाउँबाट सवारी डाइभर्सन गर्न सक्ने समेत ट्राफिक प्रहरीले सूचित गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *