आज (शुक्रबार)देखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु

खेलकुद हेडलाइन

काठमाडौं– आज (शुक्रबार)देखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। शुक्रबार २ वटा खेल हुँदैछन्। 

पहिलो दिन हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ। 

पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ। 

नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन्। नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन्। 

पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन्। उनले ३ वटा टी–२० आई खेलिसकेका छन्।  

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।

नेपालको टोली:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

पाकिस्तानको टोली:
साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *