आज पृथ्वी जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैँ

राजनीति विचार-वार्ता हेडलाइन

काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।
 
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । 
 
तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले बिभिन्न टुक्रामा बिभाजित तथा स–साना राज्य समेटेर बिशाल नेपालको परिकल्पना गरेका कारण उनीलाइ सदैव सम्झने गरिदै आएको छ । 
 
आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उनका ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रमका साथ भब्य रूपमा मनाइदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *