काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १६२ रुपैयाँ ५५ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८३ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ १५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५९ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ १० पैसा र बिक्रीमा ९७ रुपैयाँ ५३ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १९ पैसा र बिक्रीमा १८ रुपैयाँ २७ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८३ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८८ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५४ रुपैयाँ १८ पैसा तय गरिएको छ।


