​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने

मौसम

काठमाडौं, ११ कार्तिक । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
 
दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
राती भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
 
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *