आईसीसी एकदिवसीय विश्वकप : हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत

खेलकुद

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ ।

शुक्रबार हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत गरेको हो । पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा समेटियो ।

पाकिस्तानका हरिस राफले सर्वाधिक ३, हसन अलीले २ तथा राहिन खान अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र शादाब खानले समान एक एक विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अलआउट भएको थियो । मोहमद रिजवान र सउद शकीलले समान ६८ रन बनाएको इनिङ्समा मोहमद नवाजले ३९ र शादाब खानले ३२ रन बनाएको थिए ।

पहिलो खेलमा इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्डले प्रतियोगिताको सुखद सुरुआत गरेको थियो ।

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आजको खेल बिहान १०:४५ मा बंगलादेश र अफगानिस्तान तथा दिउँसो २:१५ मा साउथ अफ्रिका र श्रीलंकाको बिच हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *