अर्जेन्टिनाकाे पहिलाे हार, उरुग्वेसँग हार्यो अर्जेन्टिना

खेलकुद

काठमाडौँ, १ मङ्सिर । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ ।
 
शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
 
उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए ।
 
यो गत बर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो ।
 
साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो । ५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
 
त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *