अन्तिम दिन आज बिहिबार झिनो अंकले बढेर बन्द

अर्थतन्त्र

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ६.५५ अंकले बढेर एक हजार ९ सय ९४ दशमलब ६० विन्दुमा बन्द भएको हो ।                     

त्यस्तै, आज ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १४० कम्पनीको शेयरमूल्य बढेको छ भने ९१ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४.९८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको १ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *