शिक्षाको पछौटेपन हटाउन सरकारले विशेष पहल गरिरहेको छ: प्रधानमन्त्री ओली

शिक्षा हेडलाइन

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले विशेष ध्यान दिँदै काम गरिरहेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको शिक्षा क्षेत्रलाई अघि बढाउन सरकार गम्भीर रहेको स्पष्ट पारे।

कार्यक्रममा उनले शिक्षा क्षेत्रलाई सुधार्न सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। बालबालिकाको शिक्षामा बलियो आधार निर्माण गर्दै उनीहरूलाई सक्षम बनाउनुपर्ने उनले बताए। नयाँ पुस्ताका बालबालिकाहरू सक्षम रहेको र उनीहरूलाई रुचि अनुसारको शिक्षा दिन जरुरी रहेको उनले जोड दिए।

उनले शिक्षा प्रणालीमा सुधार गरी, विद्यार्थीहरूको ट्यालेन्ट र रुचिलाई प्राथमिकता दिने शिक्षा पद्धति विकास गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, “हाम्रो नयाँ पुस्ताका बालबालिकाहरू लद्दु छैनन्, असक्षम छैनन्। समस्या शिक्षालाई दिने तरिकामा छ। हामीले विद्यार्थीहरूको ट्यालेन्सीलाई सही तरिकाले पहिचान नगर्दा समस्या भएको हो।”

प्रधानमन्त्री ओलीले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत बनाउँदै, पछौटेपनलाई हटाउने प्रयासमा सरकार लागि परेको उल्लेख गरे। शिक्षा, सीप, विज्ञान, र प्रविधिको क्षेत्रमा नेपाललाई अब पछाडि नपार्ने उनको प्रतिबद्धता थियो।

उनले परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउने सरकारको योजना रहेको बताए।

ईप्रेस मिडिया, असोज २, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *