विधु विनोद चोपडा निर्देशित फिल्म ‘१२ फेल’ ले बक्स अफिसमा लगातार राम्रो कमाई

कला

एजेन्सी: विधु विनोद चोपडा निर्देशित फिल्म ‘१२ फेल’ ले बक्स अफिसमा लगातार राम्रो कमाई गरिरहेको छ । १ करोडको ओपनिङ गरेको यो चलचित्रको कमाई दिनप्रतिदिन बढ्दै गएको छ । आईपीएस अफिसर मनोज कुमारको रुपमा विक्रान्त मेसीले आफ्नो अभिनयले फ्यानहरुको मन जितेका छन् ।

उनको कामको तारिफ भैरहेको छ तर योसँगै चलचित्र हलमा पनि दर्शकको भर परिरहेको छ । शनिबार र आइतबार तीन करोडभन्दा बढी कमाएको यो चलचित्रले सोमबार पनि राम्रो व्यापार गरेको छ । यो चलचित्रले हालसम्म कति कमाइ गरेको छ, पुरा कलेक्शन यहाँ हेर्नुहोस्-

सोमबार ठूला चलचित्रहरू कामका दिन भएका कारण बक्स अफिसमा उल्टो झर्छन्, १२ फेलले हार मानेको छैन । सोमबार पनि यो चलचित्रले राम्रो कलेक्सन गरेको थियो । आइतबार एकै दिन ३ करोडभन्दा बढीको कमाई गरेको यो चलचित्रले ११ औं दिन अर्थात सोमबार १ करोड ४६ लाखको व्यापार गरेको छ ।

“१२ फेल” वर्ल्डवाइड कलेक्शन२६.६ करोड भारतीय रुपैयाँ
“१२ फेल”ईण्डिया नेट कलेक्शन२३. ०१ करोड भारतीय रुपैयाँ
“१२ फेल”ईण्डिया ग्रस कलेक्शन२५.५ करोड भारतीय रुपैयाँ
“१२ फेल” हिन्दि भाषा टोटल कलेक्शन२२.९१ करोड भारतीय रुपैयाँ
“१२ फेल” तेलगु भाषा टोटल कलेक्शन६ लाख भारतीय रुपैयाँ
“१२ फेल” कन्नड भाषा टोटल कलेक्शन४ लाख भारतीय रुपैयाँ
“१२ फेल” ११ दिनको वक्स अफिस कलेक्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *