ललितपुरका मेयर महर्जनलाई अख्तियारको पत्र

प्रदेश-पालिका हेडलाइन

काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको छ। बाढीपहिरो पीडितलाई कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले यो कदम चालेको हो।

२०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखको दरले रकम बाँडेको आरोप मेयर महर्जनमाथि लागेको छ। यसैबीच, बुधबार ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *