रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ

अपराध हेडलाइन

काठमाडौं, ५ मंसिर । रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । चीनबाट नेपाल आइरहेका उनीहरुलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट साथबाट तौल १२ तोलाको एक÷एक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *