महजोडीको महजात्रा देशभर आयोजना हुँदै, मानवीय सेवामा समर्पित

कला

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कात्तिक २९ गतेदेखि मंसिर २८ सम्म देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन्। मानवसेवा आश्रम र मीरा फाउन्डेसनको सहयोगार्थ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

महजात्रा काठमाडौँको प्रज्ञा भवनसहित दमक, विराटनगर, हेटौँडा, पोखरा, र नेपालगञ्जजस्ता शहरहरूमा हुनेछ। यो कार्यक्रममा महजोडीसहित किरण केसी, राजाराम पौडेल, विभूषा बस्नेत लगायतका कलाकारको प्रस्तुति रहनेछ।

यसअघि सन् २०१५ मा नेपालमा महजात्रा भएको थियो। ई-प्रेस मिडिया
असोज १०, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *