भारतमा कोल्डप्लेको कन्सर्ट, ३५ सयको टिकट ७० हजारमा बिक्री !

कला

काठमाडौँ । भारतमा हुने कोल्डप्ले कन्सर्टको टिकटको ठूलो मात्रामा कालोबजारी भएको पाइएको छ । कन्सर्टको ३५ सय रुपैयाँको टिकट ७० हजार रुपैयाँमा बिक्रि भएपछि यो विषय अब प्रहरीमा पुगेको छ ।
अनलाइन टिकट बिक्री प्लेटफर्म बुक माई शोले नक्कली कोल्डप्ले कन्सर्ट टिकट बेच्ने विरुद्ध उजुरी दिएको छ । बुक माई शो कोल्डप्लेको कन्सर्टको आधिकारिक टिकटिङ पार्टनर हो । बुक माई शोद्वारा जारी विज्ञप्तिमा भारतमा कोल्डप्लेको म्युजिक अफ द स्फियर्स वर्ल्ड टुर २०२५ को टिकट बिक्री र बिक्रीका लागि भियागोगो र गिग्सबर्ग र कुनै तेस्रो पक्षसँग सम्बन्धित नरहेको बताएको छ । कम्पनीले प्रहरीमा उजुरी दिएको र घटनाको छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ ।
त्यस्तै बुक माई शो एपमा पनि ५०० करोडको ठगीको आरोप छ । भारतीय जनता युवा मोर्चाले पनि बुक माई शोलाई ठगीको आरोप लगाउँदै अपराध शाखामा उजुरी दर्ता गरेको छ । बुक माई शोमा टिकट बिक्रीको नाममा ५ सय करोड रुपैयाँको ठगी गरेको आरोप लागेको छ ।
संगीत कन्सर्ट टिकटहरू थोकमा खरिद गर्नुलाई स्केलिंग भनिन्छ । त्यसपछि टिकट नपाएपछि सोही टिकट महँगोमा बेचिन्छ ।  ब्लाकमा किनेका वा बेचिएका टिकटहरूको कुनै डाटा नै नहुने बताइन्छ । यो सीधा कर छली पनि हो । बजारमा आधिकारिक रुपमा सस्तो दरमा टिकट बिक्री हुन्छ भने बाहिर महँगो दरमा टिकट बिक्री भइरहेको हुन्छ । यसबाहेक टिकट ब्ल्याकमा बिक्री भइसकेकोले पनि यस्ता कार्यक्रमको टिकट सर्वसाधारणले पाउँदैनन् । 
कोल्डप्ले ब्यान्डले २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा कन्सर्ट गरेको थियो । ८० हजार दर्शक यस शोको हिस्सा बनेका थिए, जसमा धेरै बलिउड सेलिब्रेटी पनि थिए । अब ९ वर्षपछि ब्याण्ड फेरि भारत आउँदैछ । कोल्डप्ले ब्याण्डले आगामी जनवरी २१ मा मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा यो कन्सर्ट हुने छ । कोल्डप्लेका गीतहरू भारतमा पनि धेरै लोकप्रिय छन्।
यो ब्याण्डले ७ ग्रामी अवार्ड जितेको छ । कोल्डप्ले ब्यान्ड सन् १९९७ मा लण्डनमा सुरु भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *