परराष्ट्रमन्त्री डा. आरजु राणाको शान्ति निर्माणमा नेपालको प्रतिबद्धता

राजनीति

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रूपमा द्वन्द्व व्यवस्थापन गरेर शान्ति स्थापनाको अन्तिम चरणतर्फ अघि बढिरहेको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घीय फोरमको शान्ति निर्माणसम्बन्धी मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले हालै पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितमैत्री कानूनको जग बसाएको उल्लेख गरिन्।

फोरमले सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्र पुनःमूल्याङ्कन गरिरहेको सन्दर्भमा मन्त्री राणाले द्वन्द्वको वास्तविक कारण पहिचान गरी दीर्घकालीन समाधानमा जोड दिन आवश्यक रहेको बताइन्।

उनले शान्ति प्रक्रियालाई सुदृढ गर्न सुरक्षा परिषद् र महासभाजस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्यको आवश्यकतामा जोड दिँदै शान्तिका दूत गौतम बुद्धको मुलुकबाट आएका प्रतिनिधिका रूपमा सकारात्मक परिवर्तन र हिंसारहित समाज निर्माणमा नेपालको योगदानको स्मरण गराइन्।

ई-प्रेस मिडिया
असोज १०, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *