चङ्गा उडाउन विमानस्थल आसपासमा प्रतिबन्ध, हवाई सुरक्षा प्राथमिकतामा

प्रदेश-पालिका हेडलाइन

काठमाडौँ । दशैँको चङ्गा उडाउने परम्पराका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर यसपालि चङ्गा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ। विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै विमानस्थल क्षेत्रमा हवाइ सुरक्षालाई ध्यानमा राखी यस्तो निषेध गरिएको हो। साथै, लेजर लाइटको प्रयोग पनि प्रतिबन्धित गरिएको छ।

सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उड्डयन कार्यालयले सूचनाको अवज्ञा गरे कानुनबमोजिम कारबाही गरिने जनाएको छ। यस प्रतिबन्धले हवाई सेवा सुरक्षालाई सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।

ईप्रेस मिडिया, असोज १०, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *