क्यानडामा स्टुडेन्ट भिसा कटौती: नेपाली विद्यार्थीलाई असर

शिक्षा

९ असोज, काठमाडौं – क्यानडा सरकारले सन् २०२५ मा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मंगलबार सामाजिक सञ्जालमार्फत् यो घोषणा गरेका हुन्। यसअघि सन् २०२४ का लागि ३५ प्रतिशत विद्यार्थीको भिसा कटौती गर्ने निर्णय गरिएको थियो। आवास, यातायात, र रोजगारीजस्ता सेवामा समस्या देखिएपछि यो निर्णय आएको हो। स्नातक तहमा जाने विद्यार्थीहरू यो निर्णयबाट प्रभावित हुनेछन्, तर स्नातकोत्तर र विद्यावारिधी विद्यार्थीहरूलाई सीमा लागू हुने छैन।

ईप्रेस मिडिया २०८१ असोज ९

Leave a Reply

Your email address will not be published. Required fields are marked *