कर्णाली राजमार्गमा पहिरोले यातायात अवरुद्ध

प्रदेश-पालिका

कालिकोट— कर्णाली राजमार्गमा भारी वर्षाका कारण पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका–१ स्थित गगने खोलामा गएको ठूलो ढुंगासहितको पहिरोले राजमार्ग अवरुद्ध गरेको हो। जिल्ला ट्राफिक प्रहरीका अनुसार, पहिरोले सडक अवरुद्ध भएपछि कालिकोटबाट आएका सवारी साधनहरू हुल्म बजारमा रोकिएका छन्। गगने खोलामा यस वर्षमात्र २७ पटक पहिरो जाँदा ३९ दिन सडक अवरुद्ध भइसकेको छ। सडक सञ्चालन गर्न स्थानीय निकायले पहिरो पन्छाउने काम थालेको छ।

ePress Media
असोज १०, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *