एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको ३-० को जित

खेलकुद

काठमाडौँ, ११ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा एलेजान्द्रो गार्नाचो, मार्कस राशफोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए ।
यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको आठौँ जित हो । यो जितपछि १३ खेलमा म्यानचेस्टर युनाइटेडको २४ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी एभर्टनको भने यो यस सिजनमा सातौं हार हो । १३ खेलमा एभर्टनको केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ । एभर्टनलाई प्रिमियर लिगको नियम तोडेको आरोपमा यस सिजनमा १० अंक घटाइएपछि अप्ठ्यारोमा परेको छ ।
  

Leave a Reply

Your email address will not be published. Required fields are marked *