आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

खेलकुद

काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
४० बर्षिय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत बर्ष उनले चेन्नईको कोचिङ टिममा काम गरेका थिए भने गत टी-२० विश्वकपमा ब्राभो अफगानिस्तान टिमको कोचिङ टिममा सामेल थिए ।
अब ब्राभोले कोलकोतामा गौतम गम्भीरको ठाउ लिने छन् । गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेदेखि कोलकोता नाइट राइडर्सको मेन्टर 
पद खालि थियो ।
कोलकोतामा हाल चन्द्रकान्त पण्डित मुख्य प्रशिक्षक रहेका छन् भने भारत अरुण बलिङ प्रशिक्षक रहेका छन् ।
आफ्नो क्यारियरमा पाँच सय भन्दा बढी टी-२० खेलको अनुभव रहेका ब्राभो लामो समयसम्म विश्वको नम्बर एक अलराउण्डर रहेका थिए ।
 
 
       

Leave a Reply

Your email address will not be published. Required fields are marked *