अष्ट्रेलियाद्धारा भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग

राजनीति हेडलाइन

काठमाडौं, १ मंशिर । अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प पीडितलाइ ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ । 
 
पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोग गरेको हो ।

काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले ‘नगदका लागि काम कार्यक्रम’ मार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ ।
 
‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ उनले भनेकी छिन, ‘नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनेकी छिन, ‘अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।’ 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *