आज र भोली रात्रि बस नचलाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा…

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् ।महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् ।प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन…

राजनीति

संसदीय समितिको दुई बैठक आज बस्दै

काठमाडौं – संघीय संसदअन्तर्गत आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको दुई बैठक बस्नेछ। बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जसहित शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जहरूको अनुगमन समीक्षा हुनेछ। दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा "नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१" माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। ईप्रेस मिडिया, ११ असोज २०८१

अर्थतन्त्र

आजका विदेशी विनिमय दर: अमेरिकी डलर र पाउन्ड स्ट्रलिङमा वृद्धि, युरो सस्तियो

नेपाल राष्ट्र बैंकले आज (असोज १०, २०८१) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आजका लागि अमेरिकी डलर लगायत विभिन्न विदेशी मुद्राहरूको खरिद र बिक्री दरमा थोरै घटबढ देखिएको छ। यो विनिमय दर आयात-निर्यात गर्ने व्यवसायीहरू, विदेशी मुद्रा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरू र विदेशी मुद्रा प्रयोगकर्ता सबैका लागि अत्यन्त महत्वपूर्ण छ। तालिका: मुद्राखरिद दर (रु.)बिक्री दर (रु.)USD (अमेरिकी डलर)133.54134.14EUR (यूरो)148.93149.60GBP (पाउन्ड स्ट्रलिङ)178.67179.47CHF (स्विस फ्र्यांक)157.52158.23AUD (अस्ट्रेलियन डलर)91.9192.32CAD (क्यानाडियन डलर)99.2099.65SGD (सिंगापुर डलर)103.93104.40JPY (जापानी येन)9.259.29CNY (चाइनिज युआन)19.0419.13SAR (साउदी रियाल)35.6035.76QAR…

विचार-वार्ता

आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा भव्य रूपमा मनाइँदै

सेप्टेम्बर २७, अर्थात् आज ४५औँ विश्व पर्यटन दिवस, नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उल्लासमय रूपमा मनाइँदैछ। पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायहरूको समन्वयमा दिवसलाई भव्य बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। दिवसको महत्त्वपूर्ण सन्देश:‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित विश्वभर हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाइन्छ। नेपालमा यस वर्ष ‘पर्यटन र शान्ति’ भन्ने विशेष नारासहित यो दिवस मनाइँदै छ। पर्यटन दिवसको अवसरमा विदेशबाट आएका पर्यटकलाई त्रिभुवन…

खेलकुद

नेपाल आज बहराइनसँग प्रतिस्पर्धामा

काठमाडौं – एएफसी यु-२० एसियन कप छनोट अन्तर्गत समूह ‘बी’ मा नेपालले आज बहराइनसँग खेल्दैछ। चाइनिज ताइपेइको जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा दिउँसो पौने १ बजे सुरु हुने खेलमा नेपाल आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। नेपालले यसअघिका तीन खेलमध्ये एक जित हासिल गरेको छ भने दुई खेलमा पराजित भएको छ। समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ। नेपाल हाल तीन अंकसहित चौथो स्थानमा छ। ePress Mediaअसोज ११, २०८१

अपराध

बाजुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको प्रहरीले धिरेन्द्रको घर नजिकै रहेको ओढारबाट १ थान र रमेशको गोठबाट १ थान भरूवा बन्दुक फेला दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक…

शिक्षा

लोकसेवा सहयोगी सामग्री : बैंकिङ विशेष

लोकसेवा सहयोगी सामग्री अन्तर्गत आज हामी बैंकिङ विशेष सामग्रीहरू प्रस्तुत गर्दैछौं। वित्तीय व्यवस्थापन कुनै पनि संस्थाको लागि आधारशिला हो। नेपालको सरकारी र निजी क्षेत्रका संस्थाहरूले लेखा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू प्रयोग गर्दै आएका छन्। यसै सन्दर्भमा, बैंकिङ प्रणालीमा हुने कारोबारहरूको सही र समयमै अभिलेख राख्नका लागि बहिखाता, गोश्वार भौचर, बैंक नगदी कितावजस्ता वित्तीय साधनहरू प्रयोग गरिन्छ। वित्तीय निर्णयको प्रभावकारिता बढाउन र पारदर्शिता कायम गर्न यस्ता साधनहरूको भूमिका अति महत्त्वपूर्ण मानिन्छ। लोकसेवा तयारी गरिरहेका विद्यार्थी तथा कर्मचारीका…

कला

फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

काठमाडौँ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।  एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।    शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह,…

प्रदेश-पालिका

आज र भोली रात्रि बस नचलाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा…

हामीसंग जोडिनुहोस

बिज्ञापन

भर्खरै